सन् २०१८ मा ह्यारी र मेगनको विवाह, आज कै दिनमा

जेष्ठ ६,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं : सन् २०१८ मा आजकै दिन (मे १९) मा बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । ह्यारी बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् ।

बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज च्यापलमा भएको वैवाहिक सारोहमा विश्वका करिब ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए । मेगन आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् । ह्यारी भने दाजु विलियमसँगै समारोहस्थलमा पुगेका थिए ।

३३ वर्षीय ह्यारी र ३६ वर्षीया मेगनबीचको विवाह समारोहलाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । त्यस्तै, वैवाहिक समारोह भएको दरबारबाहिरको सडकमा दुईतर्फ उपस्थित करिब एक लाख जनताले खुसी साटासाट गरेका थिए । ह्यारी र मेगनले २०१६ जुलाईदेखिको प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेका थिए ।

अमेरिकी टेलिशृंखलाको अभिनयबाट चर्चामा आएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । ह्यारी र मार्कलले २०२० जनवरीमा शाही उपाधि त्यागेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA