कैलाश सिरोहियालाई बुधबार म्याद थप गर्न जनकपुर लगिँदै

जेष्ठ ८,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं : कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेर जनकपुरतर्फ लगेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरेको टोलीले सुरक्षासहित सिरोहियालाई सडक मार्ग हुँदै जनकपुर लगेका हुन् ।

थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यकक्षबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उनलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख छ । उनीविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ । बुधबार सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइने मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले जेसी नेपाल मिडियालाई बताए । पोखरेलले भने,म्याद लिएर थप अनुसन्धान गर्छौं ।

सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १७ वैशाखमा जाहेरी दर्ता भएको थियो । सिरोहिया पक्राउको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघले सिरोहियालाई पक्राउ गरेको घटना गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर  घटना ‘प्रतिशोधपूर्ण’ रहेको बताएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिले अध्यक्ष सिरोहिया पक्राउको घटना प्रतिशोधपूर्ण रहेको महासंघले ठहर गरेको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लामिछानेले आफूविरुद्धको आरोप छानबिन हुन नदिको तर,  सिरोहियालाई पक्राउ गरेको घटना स्वीकार्य नभएको बताएका छन् । अनुसन्धानकर्ताहरुले सहि र गलत छुट्याउनु पर्ने कोइरालाको भनाई छ ।

कांग्रेसका महामन्त्री गगन थापाले ज्ञानेन्द्र शाह र लोकमान सिंह कार्की प्रवृत्ति पुनरावृत्ति भएको भन्दै राज्यसत्ताको पहुँचको दुरुपयोग भएको बताएका छन् । गृहमन्त्री लामिछानेतर्फ संकेत गर्दै थापाले भनेका छन्,‘आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास हो ।

कांग्रेस नेता बिमलेन्द्र निधी र नेकपा एकीकृत समाजवादी पार्टीले सिरोहिको पक्राउको विरोध गरेका छन् । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरेर सो घटना ‘निडर पत्रकारिताविरुद्ध गरिएको षडयन्त्र नभएको’ पुष्टि गर्न चुनौती दिएका छन् । 

प्रकाशित : जेष्ठ ८, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA

मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु : ललितपुर

भाेली शुक्रबार कैलास सिराेहिया सधारण तारिखमा छुटने सम्भावना

एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरूवा