कैलाश सिरोहिया नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखे

जेष्ठ ९ ,२०८१/ जेसी नेपाल संवाददाता

कैलाश सिरोहिया नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि धनुषा जिल्ला अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखेका छन । नागरिकता सम्बन्धि कसुरमा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले लिएको नागरिकताकाे नम्बर सँग शिवजी साह भन्ने व्यक्तिको नागरिकताकाे नम्बर सँग मिलेकोले अनुसन्धान गरी रहेको छ ।

साथै सिरोहियाले लिएको मध्येको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । सिराेहिया २०३६/०५/२५ मा नागरिकता प्राप्त गरेका छन , भने शिवजी साहले २०३६/०५/२० मा लिएका थिए ।

 

उनीविरुद्ध २०८१ साल बैशाख १६ गते धनुषा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धानकाे प्रकृया अगाडि बढाएको प्रवक्ता अवाले जानकारी गराएका छन । सिराेहियालाई शुक्रबार फेरि जिल्ला अदालत धनुषामा म्यादका लागि लग्ने स्रोत बाट बुझिएकाे छ ।

प्रकाशित : जेष्ठ ९ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA