भाेली शुक्रबार कैलास सिराेहिया सधारण तारिखमा छुटने सम्भावना

जेष्ठ १० ,२०८१/ जेसी नेपाल संवाददाता

कैलाश सिरोहियालाई नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि धनुषा जिल्ला अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखेका छन ।

तर , अदालत बाट कसुर ठहर नहुनजेल व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने मुलुकि फाैजदारी ऐनमा प्रष्ट व्यवस्था नभएकोले सिराेहियालाई हाजिरी जवानी वा व्यक्ति जवानी वा धराैटी राखेर सधारण तारेखमा छाेडन सक्ने सम्भावना देखिएको छ ।

कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलास प्रसाद सिराेहियालाई नागरिकता सम्बन्धि कसुरमा म्याद थप गरि बाँकी अनुसन्धान गर्नका लागि काठमाडौं बाट माेटर बाटो भएर लियाएकाे थियो । सरकारी वकिल कार्यालयकाे प्रमुख सुदिप डँगाेलले ५ दिनकाे म्याद थप गर्न अदालत समक्ष निवेदन गरेता पनि अदालत बाट तीन दिनका लागि मात्रै म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए ।

साथै सिरोहियाले लिएको मध्येको नागरिकताको नम्बर अर्को व्यक्ति शिवजी साहुको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । सिराेहिया २०३६/०५/२५ मा नागरिकता प्राप्त गरेका छन , भने शिवजी साहले २०३६/०५/२० मा लिएका थिए ।

उनीविरुद्ध २०८१ साल बैशाख १६ गते धनुषा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धानकाे प्रकृया अगाडि बढाएको देखिएको छ । सिराेहियाकाे तर्फबाट जिल्ला अदालत, धनुषाको टप अधिवक्ता देखि लिएर बरिस्ठ अधिवक्ता विनाेद शर्मा र युगलकिशोर लाल सम्म वहस गरेका थिए ।

साथै , भाेलि शुक्रबार सिराेहियाकाे पक्षमा वकालत गर्न काठमाडौं सर्वाेच्च अदालतमा वहस गर्ने वरिष्ठ अधिवक्ता आउने भएको बुझिएको छ । सिराेहियालाई शुक्रबार फेरि जिल्ला अदालत धनुषामा म्यादका लागि लग्ने र दुबै पक्षकाे वहस पछि जिल्ला अदालत धनुषाको इजलासले छाेडन सक्ने सम्भावना देखिएको छ ।

प्रकाशित : जेष्ठ १० ,२०८० २२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA