भाेली शुक्रबार कैलास सिराेहिया सधारण तारिखमा छुटने सम्भावना

जेष्ठ १० ,२०८१/ जेसी नेपाल संवाददाता

कैलाश सिरोहियालाई नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि धनुषा जिल्ला अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखेका छन ।

तर , अदालत बाट कसुर ठहर नहुनजेल व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने मुलुकि फाैजदारी ऐनमा प्रष्ट व्यवस्था नभएकोले सिराेहियालाई हाजिरी जवानी वा व्यक्ति जवानी वा धराैटी राखेर सधारण तारेखमा छाेडन सक्ने सम्भावना देखिएको छ ।

कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलास प्रसाद सिराेहियालाई नागरिकता सम्बन्धि कसुरमा म्याद थप गरि बाँकी अनुसन्धान गर्नका लागि काठमाडौं बाट माेटर बाटो भएर लियाएकाे थियो । सरकारी वकिल कार्यालयकाे प्रमुख सुदिप डँगाेलले ५ दिनकाे म्याद थप गर्न अदालत समक्ष निवेदन गरेता पनि अदालत बाट तीन दिनका लागि मात्रै म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए ।

साथै सिरोहियाले लिएको मध्येको नागरिकताको नम्बर अर्को व्यक्ति शिवजी साहुको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । सिराेहिया २०३६/०५/२५ मा नागरिकता प्राप्त गरेका छन , भने शिवजी साहले २०३६/०५/२० मा लिएका थिए ।

उनीविरुद्ध २०८१ साल बैशाख १६ गते धनुषा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धानकाे प्रकृया अगाडि बढाएको देखिएको छ । सिराेहियाकाे तर्फबाट जिल्ला अदालत, धनुषाको टप अधिवक्ता देखि लिएर बरिस्ठ अधिवक्ता विनाेद शर्मा र युगलकिशोर लाल सम्म वहस गरेका थिए ।

साथै , भाेलि शुक्रबार सिराेहियाकाे पक्षमा वकालत गर्न काठमाडौं सर्वाेच्च अदालतमा वहस गर्ने वरिष्ठ अधिवक्ता आउने भएको बुझिएको छ । सिराेहियालाई शुक्रबार फेरि जिल्ला अदालत धनुषामा म्यादका लागि लग्ने र दुबै पक्षकाे वहस पछि जिल्ला अदालत धनुषाको इजलासले छाेडन सक्ने सम्भावना देखिएको छ ।

प्रकाशित : जेष्ठ १० ,२०८० २२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA