कैलाश सिरोहिया नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानमा अदालतले दाेस्राे पटक तिन दिन म्याद थपे

जेष्ठ ११,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं : कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेर जनकपुरकाे जिल्ला प्रहरी लियाएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरेको टोलीले सुरक्षासहित सिरोहियालाई सडक मार्ग हुँदै जनकपुर लियाएका थिए ।

थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यकक्षबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उनलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख छ । उनीविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ । शुक्रबार सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराएर अदालत बाट तीन दिनकाे म्याद दाेस्राे पटक थपेकाेले बाँकी अनुसन्धान गर्ने मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले जेसी नेपाल मिडियालाई बताए ।

पोखरेलले भने,पटकपटक म्याद लिएर थप अनुसन्धान गर्छौं । सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १६ वैशाखमा जाहेरी दर्ता भएको थियो । सिरोहिया पक्राउको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघले सिरोहियालाई पक्राउ गरेको घटना गम्भीरतापूर्वक लिएको जनाएको छ ।

महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर  घटना ‘प्रतिशोधपूर्ण’ रहेको बताएका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिले अध्यक्ष सिरोहिया पक्राउको घटना प्रतिशोधपूर्ण रहेको महासंघले ठहर गरेको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लामिछानेले आफूविरुद्धको आरोप छानबिन हुन नदिको तर,  सिरोहियालाई पक्राउ गरेको घटना स्वीकार्य नभएको बताएका छन् । अनुसन्धानकर्ताहरुले सहि र गलत छुट्याउनु पर्ने कोइरालाको भनाई छ ।

कांग्रेसका महामन्त्री गगन थापाले ज्ञानेन्द्र शाह र लोकमान सिंह कार्की प्रवृत्ति पुनरावृत्ति भएको भन्दै राज्यसत्ताको पहुँचको दुरुपयोग भएको बताएका छन् । गृहमन्त्री लामिछानेतर्फ संकेत गर्दै थापाले भनेका छन्,‘आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास हो । कांग्रेस नेता बिमलेन्द्र निधी र नेकपा एकीकृत समाजवादी पार्टीले सिरोहिको पक्राउको विरोध गरेका छन् ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरेर सो घटना ‘निडर पत्रकारिताविरुद्ध गरिएको षडयन्त्र नभएको’ पुष्टि गर्न चुनौती दिएका छन् । 

प्रकाशित : जेष११, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA