जनकपुरको पोखरीमा डुबेर दुई बालकको मृत्यु

जेष्ठ १२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधामको एक पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवान रहेका छन् ।

शनिवार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा गर्मी छल्न नुहाउने क्रममा दुबै जना बालक डुबेका थिए । स्थनीयले देखेपछि सिकिस्त अवस्थामा उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

बिहान ११ बजे दुबैजना बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA