नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकाेटा फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर

जेष्ठ १६,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन तयार रहेको उल्लेख गर्नुभयो ।

उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ ।

साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् ।

सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : जेष्ठ १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA