लिङ्देनले भने, मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो

१६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो ।  धबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए । उनले भने,‘दलहरूको बिचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिष्पर्धा र अविश्वसनीयताहरू बढ्दै गएका छन् । रातभरमा नै दलहरूले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोलि उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समीकरण परिवर्तन गर्दै हिँड्ने ।

यसको प्रकारको जुन गतिविधिहरू बढिराखेको छ । प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरू देखिराख्या छ । अध्यक्ष लिङ्देनले देश ठुला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे । 

प्रकाशित : जेष्ठ १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भन्सार छलेर ल्याएको ५ लाखभन्दा बढीको सामान बरामद : JCNEPAL MEDIA

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौं : परराष्ट्रमन्त्री आर्जु राणा JCNEPAL MEDIA

जम्मू कश्मीरको पहलगाममा धर्म सोधेर आतंकवादीले हाने गोली, दुई नेपालीसहित २० पर्यटकको मृत्यू : भारत JCNEPAL MEDIA

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन : JCNEPAL MEDIA

रवि लामिछानेलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश : JCNEPAL MEDIA

मन्त्रिपरिषदकाे बैठकमा आन्दोलनरत शिक्षकलक्षित सातबुँदे प्रस्ताव लगिएन : JCNEPAL MEDIA