रेलबाट भारततर्फ लैजाँदै गरेको युवतीको सकुशल उद्धार : जनकपुर

जेष्ठ १८,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका छन ।

बुधबार हिजो जनकपुरधाम उपमहानगरपालिका– १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राई नेतृत्वको ५ जनाको टोलीले यात्रु चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई उद्धार गरेको बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका– २२ बसबिटीकी काजल मुखियालाई जनकपुरधाम उपमहानगरपालिका– १५ मौवाकी २२ वर्षीया पिंकी मुखियाले जनकपुरधामबाट रेलमा भारतको जयनगरतर्फ लैजान लागेको भन्ने बुझ्न आएपछि नियन्त्रणमा लिएको सशस्त्र प हरी बल नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले बताए ।

उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिई शान्ति पुनस्र्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA