रेलबाट भारततर्फ लैजाँदै गरेको युवतीको सकुशल उद्धार : जनकपुर

जेष्ठ १८,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका छन ।

बुधबार हिजो जनकपुरधाम उपमहानगरपालिका– १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राई नेतृत्वको ५ जनाको टोलीले यात्रु चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई उद्धार गरेको बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका– २२ बसबिटीकी काजल मुखियालाई जनकपुरधाम उपमहानगरपालिका– १५ मौवाकी २२ वर्षीया पिंकी मुखियाले जनकपुरधामबाट रेलमा भारतको जयनगरतर्फ लैजान लागेको भन्ने बुझ्न आएपछि नियन्त्रणमा लिएको सशस्त्र प हरी बल नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले बताए ।

उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिई शान्ति पुनस्र्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA