१० हजार कराेडकाे काण्ड लुकाउन अर्को काण्ड गरेर जन्ता नझुक्याउनु हाेला , बालेनले गरे ओलि माथि टिप्पणी

जेष्ठ २१,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौ महानगरले गर्न लागेको फुटपाथ विस्तारमा एमाले नेतृत्व भौतिक पूर्वाधार मन्त्रालयले अवरोध गरेपछि मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी ओलीलाई झापाको गिरीबन्धु टि-स्टेटको जग्गामा नीतिगत घोटाला गरेको आरोप लगाएका छन् ।

यसअघि पनि गिरीबन्धु चिया बगानको विषयमा ओलीसहितप्रति लक्षित गर्दै लेखेका मेयर शाहले सोमबार सिधै ओ‌लीलाई सम्बोधन गर्दै आक्रामक स्टाटस लेखेका छन् । उनले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका दिए । १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन' मेयर शाहले लेखेका छन् । उनले गिरीबन्धुको काण्ड लुकाइ जनता भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा महानगरले बनाउन लागेको फुटपाथमा सडक बनाउन थालेको आरोप लगाएका छन् ।

काठमाडौको न्यूरोडमा महानगरले फुटपाथ विस्तार गर्ने खोजेपछि सडक विभागले सडक साँघुरो नबनाउन भनेको थियो । तर महानगरले जबरजस्ती आफ्नो काम अघि बढाएपछि सोमबारबाट विभागले महानगरले भत्काएको सडकमा पीच गरिरहेको छ । सत्ता गठबनधन, १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ' शाहले भनेका छन् ।

मेयर शाहले गत साता सडक विभागले समयमा काम नगर्दा विग्रेको सडकबाट उडेको धुलोले प्रदूषण बढाएको भन्दै सडक डिभिजन कार्यालय अघि लगेर एक ट्रिपर धुलो घोप्ट्याइदिएका थिए । त्यसपछि भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले पनि मेयरविरुद्ध अभिव्यक्ति दिएका थिए । अहिले न्यूरोडमा गर्न लागिएको विस्तारमा पनि उक्त मन्त्रालयले नै विरोध गरेपछि शाह थप आक्रोशित भएका हुन् ।

फुटपाथ विस्तारको विरोधमा न्यूरोडका स्थानीय र व्यापारीहरूले पनि विरोध गर्दै सडक प्रदर्शन गरिरहेका थिए । महानगरको कार्यपालिका बैठकमा वडाध्यक्षहरूले उक्त कार्यबारे प्रश्न उठाउँदा मेयर शाहसँग भनाभन भएको थियो ।

प्रकाशित : जेष्ठ २१, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA