पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरु आज वटसावित्री पर्व मनाउँदै

जेष्ठ २४,२०८१/ जेसी नेपाल संवाददाता

पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वटसावित्री पर्व मनाउँदै छन् । जनकपुरधाम लगायत ग्रामीण भेगमा नवविवाहित महिलाहरु वरको रुखमा रातो पहेलो धागो बाँधेर पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँने गर्दछन् ।

वटसावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु पनि बढ्ने जनविश्वास रहेको छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको बास हुने भएकोले वरको पूजा गर्ने प्रचलन छ ।

पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।

केही वर्षअघिसम्म व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँने यो पर्व पछिल्लो समय अन्य समुदायका महिलाहरु पनि मनाउन थालेका छन् । यो पर्व मनाउन नवविवाहिता महिलाहरुको माइतीबाट साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो (कोसेली) पठाउने गरिन्छ त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ ।

अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने हुनाले र त्यही रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएको धार्मिक विश्वाससहित यो पर्व मनाउने गरिन्छ ।

प्रकाशित : जेष्ठ २४, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA