रास्वपाले गोजीमा राजीनामा पत्र लिएरै घुम्छ तर सरकारबाट बाहिरिँदैन: प्रधानमन्त्री JCNEPAL_MEDIA

असार ३, २०८१ / जेसी नेपाल संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताएका हुन्। रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका हुन्।

त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’ रास्वपाका केही मन्त्रीहरूले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताउँदै आएका थिए।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको र सत्तारुढ दलहरूमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको बताएका थिए।

प्रकाशित : असार ३, २०८१ : ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA