कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोले#JCNEPAL_MEDIA

असार २३, २०८१ / जेसी नेपाल मिडिया

सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५० हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए।

यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए । प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।

बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन भनिएको प्रजिअ यादवले बताए ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

प्रकाशित : असार २३, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA