१४ किलो चाँदीसहित ३ जना भारतीय पक्राउJCNEPAL_MEDIA

असार २३, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएका बताइएको छ । पक्राउ पर्नेमा भारत रक्सौलका अमन कुमार, सोही ठाउँका विकीकुमार साह र सवारी चालक पर्सा लिपर्नी विर्ता घर श्रवण कुमार कानू रहेका छन ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

प्रकाशित : असार २३, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA