१४ किलो चाँदीसहित ३ जना भारतीय पक्राउJCNEPAL_MEDIA

असार २३, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएका बताइएको छ । पक्राउ पर्नेमा भारत रक्सौलका अमन कुमार, सोही ठाउँका विकीकुमार साह र सवारी चालक पर्सा लिपर्नी विर्ता घर श्रवण कुमार कानू रहेका छन ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

प्रकाशित : असार २३, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA