धनुषा प्रशासनलाई हिन्दु सम्राट सेनाले जनकपुरको बाह्रविघामा दाहा मनाउन नदिन ध्यानाकर्षण गराए JCNEPAL_MEDIA

असार ३१,२०८१ / जेसी नेपाल संवाददाता

हिन्दुवादी संगठन रहेको हिन्दु सम्राट सेनाले जनकपुरको रँगभूमि मैदान (बाह्रविघा) मा दाहा मनाउन प्रतिबन्धको निर्णयलाई कार्यन्वयन गर्न प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै हिन्दु सम्राट सेनाले विगतमा प्रशासनको रोहबरमा भएको सर्वपक्षियत सहमति अनुसार बाह्रविघा मैदानमा मुहर्रम, दाहा मनाउन नदिने निर्णय कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो । हिन्दु धर्मावलम्बीहरुको यात्राको दिन देशको विभिन्न स्थानामा सम्प्रादायिक घटनाहरु हुँदै आएको तथ्यलाई मध्यनजर गर्दै हिन्दु सम्राट सेनाले विगतको निर्णयलाई कार्यन्वय गर्न माग गरेको हो ।

यसपालीदेखि बाह्रविघा मैदानमा हातहियारसहितको प्रदर्शन नगर्न, जानकी मन्दिर भएर हतियार प्रदर्शन नगर्न भएको निर्णयलाई तादरुकताका साथ कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो । यसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ ।

सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो । हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय प्रशासनसँग समन्वयको लागि अपिल गरेको हो ।

प्रकाशित : असार ३१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA