महोत्तरीमा प्रहरीले गोली चलाएर आरोपी डाँका नियन्त्रणमा लिए JCNEPAL_MEDIA

असार ३१,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका(२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको हो ।

उनलाई खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए । डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो ।

तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए । गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक(पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

प्रकाशित : असार ३१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA