अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता

राैतहट : अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद भएका छन ।

रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएका छन् ।बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित : श्रावण ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA