पहिलो बचतकर्ताको रकम फिर्ता गर,त्यस पछि घर लिलाम गर : सहकारी पीडित JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको स्वामित्वमा रहेको सदरमुकाम बागलुङ बजारको घर राष्ट्रिय सहकारी बैंकले लिलामी प्रक्रिया थालेपछि बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

शनिवार उनीहरुले बैंकको प्रक्रिया रोकेर पीडितले लिने बाताबरण बनाउन पहल गर्ने बताएका छन् । उनीहरुले मालपोत, प्रशासन र सरोकारवाला निकायमा लिलामी प्रक्रिया रोक्न दबाव समेत दिन थालेका छन् । बैंकले असार मसान्तमा सदरमुकामको घर १३ करोड २५ लाखमा लिलामी गर्न लागेपछि इमेज पीडित सरोकार समितिले सर्वत्र दबाव दिएक हुन् ।

घर किन्नकालागि आएका ग्राहकलाईपनि उनीहरुले फर्काउने प्रयास गरेको समितिका संयोजक डिलबहादुर कार्कीले बताए । गत कात्तिक ३ गते र मंसिर ८ गते दुइपटक सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रिय सहकारी बैंकले सदरमुकामको हल्लनचोकमा रहेको घर लिलामीको प्रक्रिया थालेको थियो । पीडितले आँफै घर किनेर बचतकर्ताको रकम दामासाही गर्ने भनेपछि बैंकले केही ढिला गर्दापनि प्रक्रियामा नआएपछि मात्रै असार मसानतमा घर लिलामी सुरु भएको हो । 

पीडितले दवाव दिनुभएको थियो, तर प्रक्रियामा आउनु भएन,’ बैंकका संचालक रामबहादुर जिसीले भने, ‘असार मसान्तमा त अन्तिम प्रक्रियामा जानै पर्थ्यो, त्यसैले लिलामीमा गयौं ।’ बैंकको ८ करोड रुपैयाँ मात्र ऋण असुली गर्ने लक्ष्य भएपनि घरको प्रचलित सरकारी मूल्यमा लिलामी गरिएको उनले जानकारी दिए ।

बचतकर्ताले भने प्रमुख जिल्ला अधिकारी मार्फत बैंकलाई काम रोक्न दवाव दिएका हुन् । कानूनी प्रक्रियामा गएकोले बचतकर्ताले रोक्न नमिल्ने सरकारी अधिकारीहरुको भनाइ छ । बचतकर्ताले पनि अदालतको आदेश आएपनि आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

‘आन्दोलन मार्फत भएपनि बचतकर्ताको रकम फिर्ता गराउनैपर्छ,’ कार्कीले भने, ‘हामी जुनसुकै आन्दोलन गर्न तयार छौं ।’ घर किन्नेले रकम पीडितको खातामा पठाइदिनुपर्ने शर्त उनीहरुले राखेका छन् । एक वर्षदेखि पीडितले विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : श्रावण ५,२०८१ / ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रुसको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता : पूर्वप्रधानमन्त्री नेपाल JCNEPAL_MEDIA

मधेशमा पहिलोपटक सरकारी तहबाट एमबिबिएसको पढाइ हुने JCNEPAL_MEDIA

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक

अध्यक्ष पदमा भारी त्रिकोणात्मक प्रतिष्पर्धा : जउवा संघको निर्वाचन JCNEPAL_MEDIA

संघीय निजामती सेवा विधेयक पारित गर्ने : नेपाल सरकार JCNEPAL_MEDIA

एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च द्वारा अस्वीकार JCNEPAL_MEDIA