सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान JCNEPAL_MEDIA

९ श्रावण २०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् ।

यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

मनुराजले जहाज मर्मतका लागि पोखरा उड्ने भएपछि श्रीमती प्रिजालाई कार्यालयबाट बोलाएका थिए । त्यसैगरी विद्यालय गएका छोरालाई पनि ल्याएर उनले सँगै पोखरा लाँदै थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA