जनस्वास्थ्य प्रयोगशालामा निमित्त निर्देशकको हाजिरी साथै अनिष्चित सरूवा गराएका निर्देशक मिश्रको रमानाJCNEPAL_MEDIA

श्रावण ३०,२०८१/ जेसी नेपाल मिडिया

न्यूज डेस्क

जनकपुरधाम : मधेसको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र आफ्नो अनिष्चित सरुवा भई आएकाले यहाँबाट जान तयार नरहेको स्राेतबाट बुझिएको छ । प्रदेश सरकारले पठाएको प्रयोगशालाका निर्देशकलाई हाजिरी नगराउने अठाेट लिएका निवर्तमान निर्देशक जान तयार नभएकोले मंत्रालय एक्शनमा उत्रेका थिए ।

डाक्टर मिश्रले आफूलाई प्रदेश सरकार भन्दा माथि रहेर आफ्नो दम्भमा न्यायलय समेतलाई प्रभावमा पारी काज फिर्ता भएता पनि पर्मादेश वाट सरूवा राेकाउने गर्थे । काज सरुवा राज्यको समान्य प्रक्रिया रहेता पनि  भ्रष्टाचारीमा चुर्लुम्म डुवेका मिश्र काज फिर्ता स्वीकारी रहेका थिएन । मिश्रकाे काज फिर्ता कति पटक भएको थियोे तर परमादेश लाई ढाल बनाएर पदस्थापना हुने गर्थें ।  नियमअनुसार उनकाे सरुवा हुने स्पष्ट कानुन नै थियाे तर स्वीकारी रहेका थिएन । मिश्रले हालसम्म भए, गरेकाे कामको अनुगमन हुनु पर्छ, एक कर्मचारीले भने ।

साउन २० गते मधेश सरकारले डाक्टर मिश्रलाई २४ घण्टाभित्र रमाना लिएर जानू भनेर पत्र पठाएको थियो । यो पत्रको प्रतिउत्तरमा डाक्टर मिश्रले सरुवाको जानकारी पाएको मितिले २१ दिनसम्म पदमा बस्न पाउने जिकिर गर्दै आएका थिए । त्यस्तै, मधेश सरकारले साउन २५ गते कुमार मृत्युञ्जय प्रसादलाई प्रयोगशालाको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिसकेको छ । आइतबार निमित्त कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा अवरोध गरिएपछि केहीबेर होहल्ला पनि भएको थियो ।

मिश्रले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो चार वर्षमा गरेको प्रगति विवरण आफ्नो भ्रष्टाचारी लुकाउन सार्वजनिक गरेका थिए । प्रयोगशालाका निर्देशक डाक्टर श्रवणकुमार मिश्रले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रियस्तरको सेवा दिइरहेको दाबी गरे ता पनि करोडौं काे आर्थिक चलखेल गरेका छन । उनले पछिल्लो चार वर्षमा यो प्रयोगशाला बाट भैंसे पाटीमा करोडौंको जग्गा र निर्माणाधीन घर जाेडेका छन । मधेस प्रदेश जनस्वास्थ्य प्रयाेग शाला काेराेना काल देखि २०७६ मा स्थापना भएको थियो ।

मिश्र एक बर्ष पछि २०७८ साल श्रावण महिनामा काेशि प्रदेश विराटनगर दर्बन्दी भएता पनि काज सरूवा गराएर मधेस प्रदेश स्वास्थ्य निर्देशनालय , जनकपुरमा आएका थिए । चार-पाँच वर्षको अन्तरालामा करोडौंकाे सम्पत्ति जाेडन सफल भएका मिश्र लँक्षमिनयामा पनि घडेरी जग्गा नै प्रयाेगशालाकाे रकम हिनामिना गरेर छाै कठ्ठा जग्गा किनेका छन । स्राेतकाे दावी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान र सतर्कता केन्द्र समेतलाई जालझेल गरी हाल सम्म रहेका थिए । उनले प्रदेशका विभिन्न स्थानमा स्थापना भएका प्रयोगशालाहरूलाई आफ्नो प्रभावमा पारी एकदमै कमशल भएको र म्याद गुजरेकाे औषधि प्रयाेग गरि रकम अपचलन गरेका थिए ।

जेसी नेपाल मिडियाकाे अनुगमनमा मिश्रले दुई मिनेट पनि वाेल्न सकेन । मिडियाले आफ्नो रिपोर्टिङ गरी जनता माझ जानकारी गराएका थिए । व्यक्ति गत सम्पत्ति जस्तै आप्फु अनुकुल आफ्नै नातेगाेते समेतलाई करार सम्मकाे नियुक्ति गरेका थिए ।

प्रयोगशालामा दिनहुँ ४०० देखि ५०० सम्म बिरामीको स्वास्थ्य परीक्षण हुने गर्छन ।

प्रकाशित : श्रावण ३०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन : JCNEPAL MEDIA

रवि लामिछानेलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश : JCNEPAL MEDIA

मन्त्रिपरिषदकाे बैठकमा आन्दोलनरत शिक्षकलक्षित सातबुँदे प्रस्ताव लगिएन : JCNEPAL MEDIA

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA