प्रधानमन्त्री ओलीको नियुक्ति विरुद्धका रिट सर्वोच्चद्वारा खारेज JCNEPAL_MEDIA

श्रावण ३०, २०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिलाई लिएर परेका तीनवटै रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिविरुद्ध परेका रिट खारेज गरिदिएको हो ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा साउन ६ गते भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो । प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए ।

संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको जिकिर रिटमा थियो । ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको थियो । यसमा गम्भीर संवैधानिक विवाद देखिएको भन्दै न्यायाधीश ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय लिएको थियो ।

तर ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै दर्ता भएका रिट संवैधानिक इजलासले बुधबार सुनुवाइपछि खारेज गरिदिएको हो ।

प्रकाशित : श्रावण ३०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन : JCNEPAL MEDIA

रवि लामिछानेलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश : JCNEPAL MEDIA

मन्त्रिपरिषदकाे बैठकमा आन्दोलनरत शिक्षकलक्षित सातबुँदे प्रस्ताव लगिएन : JCNEPAL MEDIA

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA