प्रादेशिक अस्पतालमा डाक्टरहरुले आफ्नै रगत दिएर सुत्केरीकाे ज्यान बचाउन सफल: जनकपुर JCNEPAL_MEDIA

श्रावण ३२, २०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामले उत्कृष्ट कार्य गरेका छन । एक महिलालाई डाक्टरहरुको टीमले आफ्नै रगत दिएर ज्यान बचाउन सफल भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएकी धनुषा सबैला नगरपालिका वडा नं. ७ मखनाहा बस्ने बर्ष ३० की हसिना खातुनलाई अस्पतालका डाक्टरहरुले आफ्नै रगत दिएर ज्यान जोगाईदिएका छन् ।

अप्रेशनमा सँलग्न डाक्टरहरुले रगतको अभाव भएपछि आफ्नै रगत दिएर अप्रेशन गर्न भ्याए । गत विहिबार साउन २४ गते जनकपुरको प्रादेशिक अस्पताल ओपिडीमा भर्ना भएकी हसिना खातुनको पेटमा बच्चा मरिसकेको थियो । साढे ६ महिनाको बच्चा पेटमै मरेपछि व्यथा लोगकी हसिना अस्पताल भर्ना भएकी थिईन् ।

अस्पतालका डाक्टर राजदेव महतो नेतृत्वको चिकित्सक टिमले बच्चालाई निकाल्ने प्रयास गरे । बच्चाको दुई दिन अगाडी नै पेटमै मृत्यू भईसकेकोमा बच्चालाई औषधी मार्फत निकाल्ने प्रयास गरिएको थियो । बच्चा मृत अवस्थामा निस्किएपछि हसिनालाई रक्तश्राव सुरु भएको थियो । उनको रक्तश्राव सुरु भएपछि ५ पोका रक्त चढाएको थियो । त्यसपछि समेत उनको रक्तश्राव नरोकिएपछि उनलाई अप्रेशन गरी पाठेघर निकाल्नुपर्ने बाध्यता भएको थियो । अप्रेशनको समयमा नेपाल रेडक्रस सोसाईटीमा रक्त अभाव भएपछि डा. महतोसहित उनका टिमले नै आफ्नै रक्त दिएर उनको अप्रेशन समेत गरेको थियो ।

तुरुन्तै रगत दिएर तुरुन्तै अप्रेशनमा लागेका डा. राजदेव महतोले पाठेघर निकालेर उनको ज्यान जोगाउन सफल भए । हसिनाको तीन बालबच्चा छन् । पेटमा चौथो बच्चा थियो । विहिबार भर्ना भएकी खातुनलाई गत शनिबार अप्रेशन गरिएको थियो । मुख्य सर्जन डा. राजदेव महतोको नेतृत्वमा डा. चन्द्र रेखा ईसार, डा. पिँकी साहले अपरेट गरेको थियो ।

सो टीममा डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा, डा. विमलेन्द्र चौधरीले सहयोग गरेको थियो । एनेस्थेसियाको लागि डा. अमित कर्णले सहयोग गरेका थिए । सह- निर्देशक के.डी. दासले जेसी नेपाल मिडियालाई जानकारी गराएका थिए ।

प्रकाशित : श्रावण ३२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA