गठ्ठाघर दुर्घटनाकाे सीसीटीभी फुटेज सार्वजनिक : भक्तपुर JCNEPAL_MEDIA

भाद्र १, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् । फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ ।

भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जेसी नेपाल मिडियालाई बताए । लामो सयमदेखि दुर्घटना न्यूनीकरणमा काम गरेका ट्राफिक प्रहरीलाई यस्तो दुर्घटनालाई ‘ब्लाइन्ड स्पट’ भन्छन् ।

ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।

प्रकाशित : भाद्र १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA