समानुपातिक आरक्षण व्यवस्था संघीयता समाप्त पार्ने विधि : सचिव पोखरेल JCNEPAL_MEDIA

भाद्र २, २०८१ / जेसी नेपाल मिडिया

नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) का सचिव लीलामणि पोखरेलले समानुपातिक आरक्षण व्यवस्था संघीयता समाप्त पार्ने विधि हाे, भनेका छन । धनुषा मिथिलेश्वर मौवाहीका शहिद चन्देश्वर मण्डलको १९ औँ स्मृति दिवसको अवसरमा धनुषा आएका सचिव पोखरेलले यो व्यवस्था संघीयता समाप्त पार्नको लागि ल्याएको बताए ।

माओवादीका मधेश प्रदेशका इन्चार्ज समेत रहेका सचिव पोखेलले अहिलेको नेकपा एमाले नेपाली कांग्रेसको सत्ताधारी गठबन्धनले सखाप पार्न संघीयतालाई लागिपरेको आरोप लगाए । दश उनले वर्षे जनयुद्ध, तेश्रो जनआन्दोलन, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको औल्याए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको लागि जनयुद्ध भएको स्मरण गर्दै सचिव पोख्रेलले वर्तमान सत्ता गठबन्धनको सरकारले संघीयता समानुपातिक आरक्षणको व्यवस्था, प्रदेश सरकारलाई कमजोर पार्ने खाले विविध षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए।

उनले संघीयता विरोधीको नेतृत्वमा सरकारमा रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशी समानुपातिक अधिकारलगायतको संरक्षणका लागि आआफ्नो ठाउँमा एकपटक फेरी उठ्नुपर्ने बेला आएको बताए।

उनले भने–“यो देशमा परिवर्तनका निमित्त माओवादीदेखि मधेश केन्द्रित दललगायत विभिन्न अधिकार प्राप्तिका लागि नयाँ दलहरुले आन्दोलन गरेर मुलुकमा परिवर्तन भएको हो, परिवर्तनकारी शक्तिहरु सत्ता केन्द्रित हुँदा पुराना दलले आफूलाई लोकतान्त्रिक शक्तिको नाममा एकअर्का विरुद्ध लडाएर सिध्याउन खोजे र अहिले फेरी पनि त्यही पुराना दलहरु एकजुट भएर मुलुकमा भएको परिवर्तन र परिवर्तनकारी शक्तिविरुद्ध राज्यको शक्ति दुरुपयोग गर्नतर्फ लागे ।

उनले अघि थप्दै भने, मुलुक अहिले निकै तरल अवस्थामा छ, त्यसैले फेरी पनि आन्दोलनको आवश्यकता छ।” धनुषाको विहारी नगरपालिका वडा नं. ३, मिथिलेश्वर मौवाहीमा शहीद चन्देश्वर मण्डलको १९ औं स्मृति सभामा उनले आरक्षण व्यवस्थाले प्रदेश सरकार समाप्त पार्ने खेल भएको सुनाए ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रवण यादव जीवनले शहीदले दिएको बलिदानी खेर नजाने भन्दै उनले शहीदको सपना पूरा गर्नका लागि हामी निरन्तर आन्दोलन र संघर्षमा रहेको स्मरण गरे । शहीद चन्देश्वर मण्डलको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्र समेत सम्पन्न भएको छ ।

सो रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको थियो । समृती सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव लिलामणि पोखरेल प्रमुख अतिथि , विशिष्ट अतिथि धनुषा जिल्ला ईन्चारर्ज श्रवण बरबरिया यादव , जिल्ला संयोजक दिपक यादव , प्रदेश सांस्द , सुनिता यादव , अतिथिहरु सबैला नगरपालिका मेयर कारी राम यादव , हंसपुर नगरपालिकाका मेयर प्रतियासी सुनिल यादव , मिथिला विहारी नगरपालिकाका मेयर प्रतियासी सुर्यनारायण मण्डल ,वाईसिएल नेपालका मधेश प्रदेश सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादव , वडा अध्यक्ष सुरेश मण्डल , सुरेन्द्र कुमार मण्डल , कृष्ण कुमार बसन्त, संजय शर्मा , ललित नारायण झा, कार्यपालिका सदस्य राम उदगार दास ,राजेश सक्सेना , उदय बरबरिया यादब लगायत अन्य नेता कार्यक्रताहरुको उस्थिती रहेको थियो ।

प्रकाशित : भाद्र २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA