प्रहरी प्रशासनकै मिलाेमताेमा ढुगाँ,गिट्टी र वालुवा उत्खनन् JCNEPAL_MEDIA

भाद्र ३ २०८१ / जेसी नेपाल संवाददाता

जयकुमार कुँवर

प्रहरी प्रशासनकै मिलाेमताेमा ढुगाँ, गिट्टी र वालुवा उत्खनन भईरहेकाे बुझिएको छ । बर्षातकाे समयमा नदीनालाहरू बाट ढुगाँ, गिट्टी र वालुवा उत्खननमा प्रमुख जिल्ला अधिकारी बाटनै राेक लगाउने गरिन्छ ।

तर, स्राेतका अनुसार जिल्लाका सिडिओ, एसपी , शस्त्र प्रहरी वलका प्रमुख र स्थानीय प्रशासनकाे मिलाेमताेमा क्रसर व्यवसायीहरूले उत्खनन् गर्ने गरिन्छ ।

राज्यले चुरे संरक्षणमा कराेडैं ,रकम खर्चिने गरिन्छ तर, बर्षातकाे बेला उत्खनन गर्दा चुरे विनासकाे खतरा बढी हुन जान्छ । जेसी नेपाल मिडियाका रिपोर्टर जय कुमार कुँवरका अनुसार मिथिला नगरपालिका घर भएका अ. वर्ष ४०का शशि यादव भन्नेले सिडिओ, एसपी , शस्त्र प्रहरीका एसपी र स्थानीय प्रशासन मिलाउन प्रत्येक क्रसर बाट महिनाकाे ३ तीन लाखका दरले उठाउने गरिन्छ भनेर बुझिएको छ ।

क्रसर व्यवसायीहरू निरज, महेश, इश्वर , महादेव , प्रमाेद, फलिन्द्र , विनाे, भरत, रामकिशुन र बहिरा गरि १२ वटा क्रसर धनिहरू हुन ।

यस घटना बारे धनुषाका प्रमुख जिल्ला अधिकारी सँग प्रतिक्रिया लिदा याे कुरा निराधार रहेको र शशि यादव भन्नेले यदि यस्ता कुरामा संलग्न छ, भने कार्वाहीकाे दायरामा लियाउछु , भनेर प्रतिबद्धता दिनु भयाे ।

- थप अनुसन्धान जेसी नेपाल मिडिया बाट हुदै छन ।

प्रकाशित : भाद्र ३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA