महाेत्तरीमा श्रीमतिलाई घाँटी थिचेर गरे हत्या JCNEPAL_MEDIA

भाद्र ५,२०८१ / जेसी नेपाल संवाददाता

मंजेश राम/ महाेत्तरी महोत्तरीमा बिहे भएको केहिदिनमै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष २४ को रोहन राउतले आफ्नै श्रीमति बर्ष १९ की रिना राउतलाई घाँटी थिचेर हत्या गरिएको बताईएको छ ।

राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।

महोत्तरीको सोनमा घर भएकी रिनालाई दाईजोको कारण मारिदिएको परिवारजनको आरोप छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित : भाद्र ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA