तनहुँ दुर्घटना :१६ जनाको पोष्टमाटम सकियो,मृतकको शव लिन भारतीय बिमान चितवन आउने JCNEPAL_MEDIA

भाद्र ८,२०८१ / जेसी नेपाल संवाददाता

शिव लमशाल/ चितवन

तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने भएको छ । शनिवार अपरान्ह ३ बजे बिमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म १६ जनाको शब पोष्टमाटम गरिएको छ । अब ११ जनाको पोष्टमाटम बाँकी छ । यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

प्रकाशित : भाद्र ८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA