निर्वाचन कानुन संशोधन गर्न खोजेपछि इन्डोनेसियामा आन्दोलन JCNEPAL_MEDIA

भाद्र ८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : संवैधानिक अदालतले साना दलहरूलाई पनि चुनावी प्रतिस्पर्धामा सहज हुने गरी गरेको फैसला उल्टाउने गरी सरकारले हतारमा निर्वाचन कानुन संशोधन गर्न लागेपछि इन्डोनेसियामा सरकारविरोधी आन्दोलन चर्किएको छ ।

इन्डोनेसियामा हजारौंले राजधानी जकार्ताका साथै अन्य प्रमुख सहरहरू पडाङ, बान्डुङ्ग र योगकर्तामा पनि संसद् बाहिर भेला भएर प्रदर्शन गरिरहेको बीबीसीले उल्लेख गरेको छ । बुधवार इन्डोनेसियाको सर्वोच्च अदालतले उम्मेदवार खडा गर्नका लागि पार्टीहरूलाई उनीहरूको क्षेत्रीय सभाहरूमा न्यूनतम २० प्रतिशत प्रतिनिधित्व आवश्यक नपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको २४ घण्टा भित्रै संसदले यी परिवर्तनहरूलाई उल्टाउन आपतकालीन प्रस्ताव पेश गर्‍यो । त्यसपछि विरोध चर्किएको हो । फास्ट-ट्र्याक गरिएको कानुन संशोधन प्रस्तावले अदालतको निर्णयका केही भागहरूलाई उल्टाउने छ ।

यो कानुन पारित भए अहिलेको यथास्थिति कायम राख्नेछ, जसले निवर्तमान राष्ट्रपति, जोको 'जोकोवी' विडोडो र उनका उत्तराधिकारी, प्रबोवो सुब्यान्टोको सत्तारूढ गठबन्धनमा रहेका दलहरूका लागि सहजता प्रदान गर्दछ र धेरै स्थानीय चुनावहरू निर्विरोध हुने अवस्था आउँछ । लोकतन्त्रको विनाश बन्द गर लेखिएको ब्यानर प्रदर्शन गर्दै आन्दोलनकारी ।

तस्वीर: अल जजीरा

प्रकाशित : भाद्र ८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA