मुख्यमन्त्री सिँहको अग्रसरतामा दुग्धमती नदी अतिक्रमणमुक्त गराई उत्खनन गर्ने JCNEPAL_MEDIA

भाद्र १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको छ । उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सो कार्य गरिने भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले विसं २०२४/२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ । बैठकले दुग्मती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको मुख्यमन्त्री सिँहले बताए ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए ।

यसैगरी दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे जानकारी लिन मुख्यमन्त्री सिँह धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँसम्म अवलोकन गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ । सरकारी अधिकारीहरूसमेत सम्मिलित मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले दुग्धमती पोखरीसँगै दक्षिणी भूभाग बनिनियाँसम्मको नदी अवलोकन गरेको हो । दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ ।

श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिकशास्त्र अनुसार गंगा, सरयुग र जमुना झैं दुग्धमती नदीको धार्मिक महत्त्व एवम् मान्यता छ ।

प्रकाशित : भाद्र १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA