बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान JCNEPAL_MEDIA

भाद्र १४,२०८१ / जेसी नेपाल संवाददाता

कास्की : बीमा रकम दाबी गर्नका लागि आफ्नै पसलमा आगो लगाउने दुई जना पुर्पक्षका लागि शुक्रबार कारागार चलान भएका छन् ।

गत साउन १६ गते पोखरा महानगरपालिका-६ नारेश्वरस्थित डा थानेश्वर पहारीको घरमा संचालित मुक्तिनाथ सपिङ सेन्टरका संचालक स्याङ्जा आधिखोला गाउँपालिका-६ घर भई हाल पोखरा-१७ ड्यामसाईड बस्ने ३६ वर्षीय सुजन गहतराज र पुतलीबजार नगरपालिका-७ घर भई हाल पोखरा-१७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले बताए ।

बीमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न गहतराज र नेपाललाई आपराधिक उपद्रव शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको थियो । अदालतले उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रकाशित : भाद्र १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA