बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान JCNEPAL_MEDIA

भाद्र १४,२०८१ / जेसी नेपाल संवाददाता

कास्की : बीमा रकम दाबी गर्नका लागि आफ्नै पसलमा आगो लगाउने दुई जना पुर्पक्षका लागि शुक्रबार कारागार चलान भएका छन् ।

गत साउन १६ गते पोखरा महानगरपालिका-६ नारेश्वरस्थित डा थानेश्वर पहारीको घरमा संचालित मुक्तिनाथ सपिङ सेन्टरका संचालक स्याङ्जा आधिखोला गाउँपालिका-६ घर भई हाल पोखरा-१७ ड्यामसाईड बस्ने ३६ वर्षीय सुजन गहतराज र पुतलीबजार नगरपालिका-७ घर भई हाल पोखरा-१७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले बताए ।

बीमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न गहतराज र नेपाललाई आपराधिक उपद्रव शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको थियो । अदालतले उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रकाशित : भाद्र १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA