मधेसका डीआईजीको खातामा अबैध रकम ,बिचाैलिया मार्फत अशुलि गरी रहेको खुलासा ,एक बिचौलिया पक्राउ JCNEPAL_MEDIA

भाद्र १६,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुर धाम : मधेसका डीआईजीको खातामा अबैध रकम भेटीएकाे छ । बिचाैलिया मार्फत अशुलि गरी रहेको खुलासा भएका छन ।

त्यसै करममा एक बिचौलिया पक्राउ परेका छन । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको स्राेतकाे दावी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए ।

उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो । स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले जेसी नेपाल मिडिया लाई जानकारी गराएका छन । डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा भ्रष्टाचारकाे परदाफास भएका छन ।

भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई व्यानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ । एक बिचौलिया पक्राउ डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलिया मार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ ।

पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलिया मार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोतकाे दावी छ । लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतबाट बुझिएको छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ फर्काएकाे छ । १० प्रहरी हेडक्वार्टर तानिएका छन ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानिएकाे स्राेत बाट बुझिएको छ ।

डीआईजी पोखरेल निकटस्थ मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ थालेको हो ।

छानविनका लागि प्रधान कार्यालय तानिएका प्रहरीको विवरण सूची यस प्रकार छन ।

१. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा

२. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी

३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा

४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा

५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर

६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ

७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम

८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम

९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा

१० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा

प्रकाशित : भाद्र १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA