प्रधानमन्त्री ओलिलाई वालेनकाे प्रश्न ? \'बालशोषण\'को आरोप लागेकी सांसदलाई कहिले समाउने JCNEPAL_MEDIA

भाद्र १७,२०८१ / जेसी नेपाल संवाददाता

'बालशोषण'को आरोप लागेकी एमाले सांसदलाई कहिले कारबाही गर्ने भन्दै बालेनले प्रधानमन्त्री ओलिलाई सामाजिक सन्जालबाट प्रश्न गरेका छन् ।

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्बिर सेयर गर्दै उनी भन्छन । "उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ ।

काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ ।

सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?"

प्रकाशित : भाद्र १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA