संघीय निजामती सेवा विधेयक पारित गर्ने : नेपाल सरकार JCNEPAL_MEDIA

भाद्र २०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको चाहना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए ।

बिहीबार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यो विधेयक बनाउन ढिलो भएको निश्कर्षमा सरकार पुगेको बताए । प्रस्तावित विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

यो संशोधनमाथि एक- एक गरेर छलफल अगाडि बढाए समय लाग्ने भन्दै मन्त्री गुप्ताले विषयका आधारमा छुट्याएर छलफल गर्न सुझाएका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्त, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे लगायतले विधेयकका प्रावधानहरूमा राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताए ।

उनीहरूको भनाइमा समर्थन जनाउँदै मन्त्री गुप्ताले राजनीतिक सहमतिका लागि पहल लिने प्रतिवद्धता गरे ।

प्रकाशित : भाद्र २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA