मधेशमा पहिलोपटक सरकारी तहबाट एमबिबिएसको पढाइ हुने JCNEPAL_MEDIA

भाद्र २३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ ।

यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिँहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन शीघ्रातिशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसअनुरूप मुख्यमन्त्री सिँहले सरकारको नीति तथा कार्याक्रममा समेत प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन हुने कार्यक्रम समाविष्ट गर्नुभएको थियो । मुख्यमन्त्री सिँहले यस कार्यलाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णय र निरन्तर चासोका साथ कामहरू अगाडि बढाउनुभयो ।

सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पुरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गनुभएको थियो । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ ।

प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ । चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधाम लगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चितप्रायः छ ।

मुख्यमन्त्री सिँहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह, रजिस्ट्रार डा.विनोद यादवलगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।

प्रकाशित : भाद्र २३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

मतदाता कार्डमा तस्वीर र नाम फरक भेटाउदा जउबासंघ निर्वाचन शंकाकाे घेरामा JCNEPAL_MEDIA

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA