जनमत पार्टी शहिदनगर नगरपालिका द्वारा नगर प्रमुख लाई बुझाए ज्ञापन-पत्र JCNEPAL_MEDIA

भाद्र २४,२०८१ / जेसी नेपाल संवाददाता

जनमत पार्टी शहिदनगर नगरपालिका यदुकाेहा धनुषा द्वारा नगर प्रमुखलाई जनमत प्रदेश सदस्य रामपुकार यादव,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्रयादव,नगर अध्यक्ष श्रीप्रसाद यादव,औरही गापा अध्यक्ष मुकेश महतो,पुर्व मेयर प्रत्याशी लक्ष्मेश्वर यादव वडा अध्यक्ष,नगर सचीव लगायतका उपस्थितिमा विभिन्न माँग राखि ज्ञपन पत्र बुझाएकाे छ ।

तपसिलका मांगहरु :-

१. नगर परिषद अनिवार्य रुपमा हुनु पर्ने ।

२. आम नागरिकको भेलाबाट सर्वदलिय अनुसार योजना छनौट हुनु पर्ने ।

3. उपभोक्ता समिति लगायतका सबै समितिमा अनिवार्य जनमत पार्टी सहभागिता हुनु पर्ने ।

४. वडा नं. ३ यदुकोहा पुल चौक देखी भट्टी चौक सम्मको सडक दुर्घटना जनधनको क्षति समेत भई रहेकोले अबिलम्ब मर्मत गर्नु पर्ने ।

५. प्रत्येक वडामा १/१ वटा वडा सचिव अनिवार्य हुनु पर्ने ।

६. असहाय गरीब दलित वि‌द्यार्थीको लागी निःशुल्क शैक्षिक सामग्री तथा अध्ययनको वातावरण मिलाउनु पर्ने ।

७. किसानहरुको लागी मल खाद्य व्यवस्था तथा निःशुल्क कृर्षि मिटर तथा विमाको व्यवस्थापन गर्नु पर्ने ।

८. पालिका भित्र रहेका सम्पूर्ण सरकारी संघ संस्थाहरु अनिवार्य रुपमा १० बजे देखि ४ बजे व्यवस्थित रुपमा संचालन गर्नु पर्ने ।

९. पालिका भित्र सबै सरकारी विद्यालयमा विद्यार्थीको संख्याको आधारमा शिक्षक शिक्षीका राख्नु पर्ने ।

१०. प्रत्येक वडामा खेलाडीको लागी खेलकुद सामग्री र नगर स्तरीय खेल मैदानको व्यवस्था गर्नु पर्ने ।

११. पालिका भित्रको युवाहरु बैदेशिक रोजगारको लागी जाँदा सिप नभएको कारणले अन्यको दुःख भोग्नु परेकोले पालिका स्तरमा गुणस्तरीय सिप मुलक तालिम संचालन हुनु पर्ने ।

१२. नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निःशुल्क गरिएको ९८ प्रकारको औषधी पालिका भित्र सबै स्वास्थ्य चौकीमा अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने । १३. हाम्रो नगरपालिकाको निरक्षरता दर धेरै बढी भएकोले पालिका भरी साक्षरता कार्यक्रम अविलम्ब संचालन गर्नु पर्ने ।

१४. शहिद सूर्यनाथ राण स्मृति अस्पाल सम्म जाने वडा नं. १ देखि ९ सम्म जाने सम्पूर्ण बाटो अबिल्म व्यवस्थित रुपमा संचालन गर्नु पर्ने ।

प्रकाशित : भाद्र २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA