देश र जन्ताका लागि काम गर्दा पनि सरकारबाट बाहिरिएँ : अध्यक्ष दहाल JCNEPAL_MEDIA

भाद्र २४,२०८१ / जेसी नेपाल संवाददाता

राजविराज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू देश र जन्ताका लागि काम गर्दा पनि सरकारबाट बाहिरिनु पर्याे भने दु:ख व्यक्त गरेका थिए ।

उहाले सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् । जनयुद्धको क्रममा सप्तरीमा सहिद भएका दुर्गाराज पौडेल ( सुरज ) र उपेन्द्र कोइराला (अर्जुन) को शालिकको सुरुङ्गा नगरपालिका - २ रक्साहामा सोमबार साँझ अनावरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले देश र जनताको पक्षमा काम गरिरहँदा पनि सरकारबाट बाहिरिनु परेको बताए ।

भूमाफियाका विरुद्ध, नक्कली भुटानी शरनार्थी प्रकरण र सामाजिक न्यायको पक्षमा कार्य गरिरहँदा पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना गरिएको उनले बताए । मधेशमा विकराल समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले बाटो खोलेको उनको दाबी थियो ।

माओवादी केन्द्र अहिले प्रदेशहरुमा परामर्श बैठक गरिरहेको र मंगलबार मधेश प्रदेशमा परामर्श बैठक हुने बताउँदै दाहालले सहिदको रगतबाट प्राप्त उपलब्धिलाई दायाँबायाँ हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA