देश र जन्ताका लागि काम गर्दा पनि सरकारबाट बाहिरिएँ : अध्यक्ष दहाल JCNEPAL_MEDIA

भाद्र २४,२०८१ / जेसी नेपाल संवाददाता

राजविराज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू देश र जन्ताका लागि काम गर्दा पनि सरकारबाट बाहिरिनु पर्याे भने दु:ख व्यक्त गरेका थिए ।

उहाले सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् । जनयुद्धको क्रममा सप्तरीमा सहिद भएका दुर्गाराज पौडेल ( सुरज ) र उपेन्द्र कोइराला (अर्जुन) को शालिकको सुरुङ्गा नगरपालिका - २ रक्साहामा सोमबार साँझ अनावरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले देश र जनताको पक्षमा काम गरिरहँदा पनि सरकारबाट बाहिरिनु परेको बताए ।

भूमाफियाका विरुद्ध, नक्कली भुटानी शरनार्थी प्रकरण र सामाजिक न्यायको पक्षमा कार्य गरिरहँदा पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना गरिएको उनले बताए । मधेशमा विकराल समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले बाटो खोलेको उनको दाबी थियो ।

माओवादी केन्द्र अहिले प्रदेशहरुमा परामर्श बैठक गरिरहेको र मंगलबार मधेश प्रदेशमा परामर्श बैठक हुने बताउँदै दाहालले सहिदको रगतबाट प्राप्त उपलब्धिलाई दायाँबायाँ हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA