नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

भाद्र २९,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्वका लागि आज चुनाव भइरहेको छ । संघकै परिसरमा विहान ८ बजे सुरु हुने मतदान करिब ९:३० बजे डेढ घण्टा ढिलो सुरु भएको थियो ।

चुनावबाट संघको १७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।  जसका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । संघका ४ हजार ७६ सदस्य मतदानमा सहभागी हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्षका लागि मनिष रमन साह, सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साह उम्मेदवार छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अबस्था रहेको छ । होटल व्यावसायी भण्डारीलाई नेकपा एमालेको समर्थन छ । उनी जनकपुरधाम एमाले नगर कमिटीका अध्यक्ष पनि हुन् । अल्मुनियम व्यावसायी जितेन्द्र र सुनचाँदी व्यावसायी मनिष दुबैजना नेपाली कांग्रेससँग आबद्ध छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्षमा लक्ष्मण साह र्निविरोध चुनिएको छ । बिश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएपछि साह निर्विरोध भएका हुन् । वरिष्ठ उपाध्यक्षका लागि पनि तीनजना मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह भिडेका छन् ।

उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध भइसकेको बुझिएको छ । विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण निर्विरोध चुनिएका हुन् । महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुर उम्मेदवार छन् ।

महासचिवका लागि चारजना फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार छन् ।

यस्तै सचिवका लागि पनि चारजना नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साह प्रतिस्पर्धामा उत्रेका छन् । एशोसिएट सदस्यमा दिपककुमार साह र अभिषेककुमार चौधरी भिडेका छन् ।

६ जना कार्यसमिती सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह र सुनिल दास कथबनियाबीच प्रतिस्पर्धा छ ।

प्रकाशित : भाद्र २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA