जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

अशोज ४,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ परेका छन ।

चिया पसलको आडमा यौनधन्दा सँचालन गरेको खवर पाएपछि धनुषा प्रहरीले छापामारी गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोक र दुर्गाचोकस्थित सँचालनमा रहेको एक चिया पसलको पछाडी यौनधन्दा सँचालन गर्दै आएका थिए । विहिबार वडा नं. ७ का वडाध्यक्ष नीरज साहको अगुवाईमा गएको प्रहरी टोलीले छापामारी गरेपछि पाँच किशोरी पक्राउ परेकी छन् । त्यहाँस्थित रहेको बियरयानी घरको छेउमा यस्तो धन्दा हुँदै आएको थियो ।

पक्राउ परेकाहरु मध्ये ४ जना रौतहट चन्द्रनिगाहपरकी रहेकी छन् भने् एक जना भारत बिहारको रहेकी छन् । ग्राहक भएर गएका एक युवक भने दुई तल्लाबाट हामफालेका छन् । उनको खुट्टामा गम्भिर चोट लागेपछि उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । वडाध्यक्ष साहका अनुसार, पक्राउ परेकी किशोरीहरु एकदम कलिला उमेरकी रहेकी छन् । १५ बर्षसम्मकी किशोरीहरुलाई यौनधन्दामा लगाएको खवर पाएपछि आफूले एक्सन लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरीचौकी जिरोमाईलबाट खटेको टोलीले अगाडी चिया पसल पछाडी ३ वटा केबिन बनाएर राखिएको पाईएको थियो । स्थानीयहरुको गुनासोपछि सो चिया पसलमा छापामारी गरिएको थियो । छापामारीको क्रममा विभिन्न शंकास्पद वस्तुहरु भेटिएपछि माथिल्लो तल्लासम्म चेकजाँच गर्ने क्रममा चौथो तल्लाबाट किशोरीहरु पक्राउ परेको जनाईएको छ । पाँचै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाईएको छ ।

यता, चिया पसले फरार रहेको प्रहरीले जनाएको छ । सो चियापसलमा वडाध्यक्षको रोहबरमा तालाबन्दी गरिएको छ ।

प्रकाशित : अशाेज ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA