लोकसेवाका सहायक लेखापाल यादव माथि आफ्नै श्रीमति र भाउजुलाई पास गराएको आरोप : मधेस प्रदेश JCNEPAL_MEDIA

अशोज ५,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधामस्थित रहेको मधेश प्रदेश लोक सेवा आयोगका सहायक लेखापाल रामप्रवेश यादव माथि आफ्नै श्रीमती र भाउजू लाई पास गराएको आरोप लागेका छन। उनले पदीय दुरुपयोग गरी गैर कानुनी लाभ उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मधेश प्रदेश लोकसेवा आयोग जनकपुरमा कार्यरत यादवले आफ्नो श्रीमति सितापति देवी र नजिकको भाउजु पर्ने मोनिका यादवलाई गैर कानुनी तवरबाट पास गराएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

मधेश प्रदेश लोकसेवा आयोगले निकालेको विज्ञापन नम्बर १३१/०७९ ८० खुल्ला तर्फको विज्ञापन नम्बर १३२ ३०७९ ८० को मधेश प्रदेश तथा दलित महिलाको कोटा र विज्ञापन नम्बर १३४ २०७९ ८० को मुस्लिम महिला तर्फको कोटामा रामप्रवे्श यादवले आफ्नो पदको दुरुपयोग गरी आफ्नै श्रीमति र भाउजुलाई अवैद्यानिक तवरले पास गराएको आरोपसहित निवेदन दायर गरिएको हो ।

आयोगमा परीक्षा दिएका उम्मेदवारहरुले समेत ४५ देखि ४७ वटासम्म प्रश्नोत्तर मिलाउँदा पनि नाम ननिस्केको गुनासो गरिएको छ । आन्तरिक यही कारण रहेको भन्दै उनीहरुले आफूहरुको नाम ननिकालेको आरोप लगाएका छन् । मधेश प्रदेश लोकसेवा आयोगमा परीक्षा दिएका अन्य परीक्षार्थी उम्मेदवारहरुलाई फेल गरी आफ्नै श्रीमति र भाउजुलाई सो पदको लागि पास गराएको भन्दै यसउपर छानबिन गरी कारवाही गर्न आयोगमा निवेदन दायर भएको हो ।

राष्ट्रिय सेवक नागरिकको नामले दिएको निवेदन समाजिक सँजालमा समेत पोष्ट गरिएको छ । यस सन्दर्भमा सहायक लेखापाल रामप्रवेश यादवसँग सम्पर्क गर्न खोज्ने प्रयास गर्दा सम्पर्क भने हुन सकेनन् ।

प्रकाशित : अशाेज ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA