मंगलबार देखि लगातार वर्षा हुने सम्भावना JCNEPAL_MEDIA

अशोज ६,२०८१ / जेसी नेपाल संवाददाता

मंगलबार देखि लगातार वर्षा हुने सम्भावना देखिएकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आगामी मंगलबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन् । मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ ।

अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन् । भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन् । उनले भनिन् । अघिल्लो वर्ष सेप्टेम्बर २३ मा मनसुन सकिने गरे पनि यो वर्ष अक्टोबरको पहिलो सातासम्म सक्रिय रहने अवस्था छ । पर्सिदेखि दसैँको सुरुवातसम्म वर्षा हुने प्रणाली सक्रिय देखिएको छ ।’ हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भागमा मौसम आंशिक बदली रहेको छ ।

कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । सोमबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने, थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । रातिको समयमा कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाएको छ । मङ्गलवार देशभर आंशिकदेखि साधरणतया बदली रहने, अधिकांश भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । यो वर्ष दसैँसम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि यो वर्ष दसैँसम्म मनसुन बाहिरिने सम्भावना कम देखिएको उल्लेख गरेका छन् । मौसम विज्ञान विभागले आगामी केही दिन देशभर मौसममा उतार चढाव भइरहने र वर्षाको सम्भावना रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित : अशाेज ६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA