जिल्ला प्रहरी धनुषाको हिरासतकाे भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार, एक पक्राउ JCNEPAL_MEDIA

अशोज ७,२०८१ / जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ९ जना आज विहान करिब ३ः०० बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता अरञ्जन अवाले हिरासतबाट ९ जना फरार भएको पुष्टि गरेका छन् । सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए । अझै ८ जना फरार रहेका छन् ।

आज (सोमबार) बिहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएको हो । फरार मध्येहरुमा ५ जना लागु औषध मुद्दामा अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । उनीहरुमध्ये अभद्र व्यवहारको महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परेका हुन् ।

अमित कुमार झा, रँजीत मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागु औषध मुद्दाका थुनुवा हुन । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् । फरार भएका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन्। थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।

थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्। थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ।

प्रकाशित : अशाेज ७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA