धनुषा प्रहरीको हिरासतबाट फरार ९ जना थुनुवा मध्ये सात जना पक्राउ - JC NEPAL MEDIA

अशोज ७,२०८ जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये ७ जना पक्राउ परेका छन्। सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी रञ्जन अवाले जानकारी दिए। फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो। उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्।

उनीहरूको खोजी भइरहेको डिएसपी अवाले जानकारी दिए। दिउँसो अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए। सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो।

उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो। उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको डिएसपी अवाले जानकारी दिए। आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।

प्रकाशित : अशोज ७,२०८ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA