धनुषा प्रहरीको हिरासतबाट फरार ९ जना थुनुवा मध्ये सात जना पक्राउ - JC NEPAL MEDIA

अशोज ७,२०८ जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये ७ जना पक्राउ परेका छन्। सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी रञ्जन अवाले जानकारी दिए। फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो। उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्।

उनीहरूको खोजी भइरहेको डिएसपी अवाले जानकारी दिए। दिउँसो अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए। सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो।

उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो। उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको डिएसपी अवाले जानकारी दिए। आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।

प्रकाशित : अशोज ७,२०८ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA