धनुषा प्रहरी नायव उपरीक्षक( डिएसपी) रञ्जन अवाको सरुवाJCNEPAL_MEDIA

अशोज ९,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी रञ्जन अवाको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा लामो समयसम्म कार्यरत रहेका डिएसपी अवाको सोमबार प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । नियमिति सरुवा तथा काज सरुवाको सूचिमा अवाको नाम समावेश गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार १ सय ४३ जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा बरुण बहादुर सिँह आउने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा टँगालमा कार्यरत रहँदै आएका सिँह धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ । लामो समय धनुषामा बसेका डिएसपी अवा विवादमा नपरेका डिएसपी हुन् ।

यस्तै, रौतहटकी डिएसपी एलिजा गिरीको समेत सरुवा भएको छ । सिरहा मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतको समेत सरुवा भएको छ । उनलाई सप्तरी पठाईएको हो । सिरहामा समेत नयाँ डिएसपी आउने भएको छ ।

प्रकाशित : अशाेज ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA