धनुषा प्रहरी नायव उपरीक्षक( डिएसपी) रञ्जन अवाको सरुवाJCNEPAL_MEDIA

अशोज ९,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी रञ्जन अवाको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा लामो समयसम्म कार्यरत रहेका डिएसपी अवाको सोमबार प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । नियमिति सरुवा तथा काज सरुवाको सूचिमा अवाको नाम समावेश गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार १ सय ४३ जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा बरुण बहादुर सिँह आउने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा टँगालमा कार्यरत रहँदै आएका सिँह धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ । लामो समय धनुषामा बसेका डिएसपी अवा विवादमा नपरेका डिएसपी हुन् ।

यस्तै, रौतहटकी डिएसपी एलिजा गिरीको समेत सरुवा भएको छ । सिरहा मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतको समेत सरुवा भएको छ । उनलाई सप्तरी पठाईएको हो । सिरहामा समेत नयाँ डिएसपी आउने भएको छ ।

प्रकाशित : अशाेज ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA