धनुषाकाे पुर्वी क्षेत्रमा बाघको त्रास कायमै, वनको विशेषज्ञ टोली आउँदै JCNEPAL_MEDIA

अशोज १०,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको पुर्वी क्षेत्रमा बाघको त्रास कायमै रहेको छ । बुधबार साँझ बाघ जस्तै जनावर देखिएपछि बाघ भएको हुन सक्ने आशंकामा स्थानीयहरुमा त्रास फैलिएको छ । स्थानीयहरुले बाघ जस्तै जनावर वर्णन गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी टोली पठाएको थियो ।

बुधबार साँझ करिब ६ः४५ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. २ र ३ को बीचमा खेतमा बाघ जस्तै जनावर देखिएको नगर प्रमुख बेचन दासले जानकारी दिए । मेयर दासका अनुसार, हिजो साँझ बाघ जस्तै देखिने जनावर देखिएपछि स्थाानीयहरु त्रास फैलिएको छ । देखिएको जनावर बाघ नै हो भनेर यकिन गर्नको लागि वन कार्यालयको विशेषज्ञ टोली अहिले सोही ठाउँमा आउन लागेको हो ।

जनावर हिँडेको ठाउँमा परेको खुट्टाको छापको आधारमा जनावरको प्रकृति छुटयाएर यकिन गरिने जनाइएको छ । केही दिन अगाडी महोत्तरीको औरही तर्फ समेत बाघ जस्तै जनावर देखिएको थियो । मेयर दासले खेततर्फ अहिले नजान र गएपनि सावधानीका साथ जानको लागि आग्रह गरेका छन् ।

जनावरले हमला गर्न सक्ने भन्दै ज्यान जोखिममा पारेर खेततर्फ नजान नजानदिनको लागि आग्रह गरे । मानिसहरुले वनजँगल काटेर फडानी गर्न थालेपछि वन जँगलको जनावरहरु गाउँतर्फ आउन थालेका छन् ।

प्रकाशित : अशाेज १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA