रामगोपालपुर वडाध्यक्षको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ JCNEPAL_MEDIA

अशोज १०,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत भदौ ९ गते बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहत्यमय अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले औरही नगरपालिका (७ भोइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ । यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् । वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : अशाेज १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA