बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ JCNEPAL_MEDIA

अशोज ११,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधाममा बुधबार दिउँसो घरमै गएर १७ वर्षीया एक किशोरीलाई दुई जना नगर प्रहरीले बलात्कार गरेको भन्दै जानकारी पाए लगतै प्रहरीले दुबैलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का बब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत छन् । बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो ।

धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।

प्रकाशित : अशाेज ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA