भोलिदेखि थुनछेक बहस ,देवकुमारको अदालतले लियो बयान JCNEPAL_MEDIA

अशोज १४,२०८१ / जेसी नेपाल संवाददाता

पोखरा : इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना गर्ने देवकुमार नेपालीको जिल्ला अदालत बागलुङले बयान लिएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङले अदालत पेश गरेको थियो। सोमबार न्यायाधीश रमेशकान्त अधिकारीको इजालसमा देवकुमारसँगै पक्राउ परेका सहकारी ठगीमा संलग्न ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीको समेत बयान भएको जिल्ला अदालत बागलुङका तहसिलदार शिवप्रसाद गौतमले बताए।

आज दुवैको बयान सकियो। भोलि थुनछेक बहस हुन्छ, उनले भने। यसअगाडि नै प्रहरीले अभियोगपत्र दायर गरिसकेको हुनाले हिरासतमा राख्नलाई म्याद गर्नुनपर्ने उनले जानकारी दिए। अनुसन्धानको क्रममा भएको भए म्याद थप्नुपर्ने उनको भनाइ छ। तहसिलदार गौतमले थपे, अभियोगपत्र अदालतमा दर्ता गरिसकेपछि सिधैं अदालतको पहिलो पक्रिया बयान लिने हो ।

भारतको दिल्लीबाट पक्राउ परेका नेपाली र दर्जीलाई शनिबार काठमाडौँ ल्याइएको थियो। इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत रहेका नेपाली र दर्जीलाई आइतबार पोखरा विमानस्थल ल्याएर त्यहाँबाट सडकमार्गमार्फत बाग्लुङ पुर्‍याइएको हो।

२०८० माघ १२ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। उनी गएको वर्षको जेठ ५ गतेदेखि फरार भएका हुन्। उनी अध्यक्ष रहेको इमेज सहकारीले आकर्षक ब्याजको लोभ देखाएर १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बागलुङका १ हजार ५४३ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा भने ४०८ जनाले ६५ करोड ५९ लाख ८२ हजार ५९ रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका छन्।

प्रकाशित : अशाेज १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA