मोटरसाईकल दुर्घटनामा परी दुई युवकको मृत्यू, एक घाईते JCNEPAL_MEDIA

अशोज १५,२०८१ / जेसी नेपाल संवाददाता

मोटरसाईकल दुर्घटनामा परी धनुषामा सोमबार दुई जनाको मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने सोमबार नै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बीरेन्द्रबजारस्थित दुर्घटनामा परी अर्काको ज्यान गएको हो ।

सोमबार बेलुकी करिब ८ बजेको समयमा महेन्द्रनगर–ढल्केवर सडकखण्डमा प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गणेशमानचारनाथ नगरपालिका वडा नं. १ छिहत्तरबिघा टोल बस्ने बर्ष २७ को सत्यनारायण यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा महिला तथा बालबालिका सेलमा एक पँचायत (छलफल) मा सहभागी भएर गाउँ फर्किदै गर्दा बाटोमा रक्सी सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) सोनु कुमार साहले जानकारी दिए ।

उनका अनुसार, घटनाको प्रकृति र पछाडी बसेर घाईते भएका सोही स्थानका ५० बर्षिय गणपत यादवको बयान अनुसार तीव्र गतिको कारण ६ लेनको सडक छेउमा लगाइएको रेलिँगमा ठोक्किएर मृत्यू भएको हो । मादक पदार्थ सेवन गरी सवारी चलाएको देखिएको हो ।

उनको घटनास्थलमै मृत्यू भएको प्रहरी नीरिक्षक साहले जानकारी दिए । यता, सोमबार नै धनुषाको बीरेन्द्रबजारमा समेत एक जनाको मृत्यू भएको छ । गणेशमानचारनाथ नपाको पोर्ताहाबाट बीरेन्द्रबजार तर्फ आउँदै गरेको अवस्थामा गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बस्ने भगले मण्डलको मृतयू भएको हो ।

सोमबार बिहान करिब ११ बजेको समयमा ०२–००७ प ३३७६ नम्बरको मोटरसाईकलमा सवार ५० बर्षिय मण्डललाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय ढल्केवरमा प्रहरी नीरिक्षक (ईन्सपेक्टर) जटाशंकर यादवले जानकारी दिए ।

प्रकाशित : अशाेज १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु : JCNEPAL MEDIA

रास्वपाका नेता स्वर्णिम वाग्लेको धर्म परिवर्तनले तातियो समाजिक सँजाल : JCNEPALMEDIA

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA