खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण तथा अनुगमन गर्दै JCNEPAL_MEDIA

अशोज १९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ। विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए। सूर्यमुखी डेरी पसलको प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ।

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो। विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ। विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ।

प्रकाशित : अशोज १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA