धनुषाको पर्शुराम तलाउ स्थित मोटरसाईकल दुर्घटनामा परी एक जना पुरुषको मृत्यू, युवति गम्भिर घाइतेJCNEPAL_MEDIA

अशाेज २०,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पुरनदाहा पर्शुराम तलाउस्थित मोटरसाईकल दुर्घटना हुँदा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ५० बर्षिय बिशेश्वर मण्डलको मृत्यू भएको जनाइएको छ । घरबाट जनकपुरधामतर्फ आईरहेको स ७ प ३९३२ नम्बरको सेतो कलरको अपाचे मोटरसाईकल दुर्घटना हुँदा मृत्यू भएको हो ।

यद्यपी, प्रहरीले मृत्यू भएको पुष्टि नगरेपनि साँस नचलेको बताए । प्रत्यक्षदर्शीहरुले भने मृत्यू भईसकेको बताएको हो । प्रत्यक्षदर्शीहरुको अनुसार उनको साँस चललिरहेको थिएनन् । उनको पछाडी बसेकी एक युवति भने गम्भिर घाईते भएकी छन् । नाम ठेगान नखुलेकी युवति भने उनको घर परिवारको नरहेको परिवारिक श्रोतले जनाएको छ ।

उनकी श्रीमति जनकपुरमा रहेको जानकारी प्राप्त भएको छ । जनकपुर आईरहेको बेला दुर्घटना भएको हो । युवतिको ओठ च्यातिएको छ, उनले आफ्नो नाम ठेगाना बोलिनन् । दुवै जनालाई मिथिलाबिहारी नगरपालिकाको एम्बुलेन्सबाट प्रहरीले प्रादेशिक अस्पताल जनकपुर ल्याएको हो ।

प्रकाशित : अशाेज २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA